रविका निकट मानिने हिक्मतबहादुर रावल गोरखापत्र संस्थानको महाप्रबन्धक नियुक्त
काठमाडौं। सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक (जीएम) पदमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कैलाली निवासी रावललाई संस्थानको महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा रावललाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
महाप्रबन्धक नियुक्तिका लागि यसअघि खुला आवेदन आह्वान गरिएको थियो। आवेदन दिएका उम्मेदवारमध्ये १० जनाको संक्षिप्त सूची तयार गरिएको थियो, जसबाट रावल छनोट भएका हुन्।
सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रावल पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निकट मानिन्छन्। उनले विभिन्न सञ्चारमाध्यममा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।
रावल यसअघि न्युज २४ टेलिभिजनमा सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा कार्यरत थिए। त्यसपछि ग्यालेक्सी टेलिभिजनमा पनि सोही जिम्मेवारी निर्वाह गरेका थिए। साथै, उनले बीबीसी नेपाली सेवामा समेत काम गरेको अनुभव बटुलेका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया