नोटको अग्रभागमा
- नोटको बायाँतर्फ सगरमाथा हिमाल र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। तल्लो खण्डमा सिरिज ‘वि.सं. २०८२’ लेखिएको छ। साथैै, पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेका छन्।
- सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको छ।
- नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
- नोटमा ३.५ मिमी चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो रहेको छ।
नोटको पृष्ठ भागमा
- नोटको मध्य खण्डमा पाटेबाघको चित्र र सोको माथि अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ।
- नोटको तल्लो खण्डमा अंग्रेजीमा ‘रुपिज फाइभ हन्ड्रेड’ लेखिएको छ।












प्रतिक्रिया