Techie IT
KTM Post
बुधबार, ३ असार, २०८३

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत निश्चित लाभांशदर भएको २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेको छ।

असार ३ गते सम्पन्न सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो । अब बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएपछि संस्थागत लगानीकर्तालाई परिपत्र विधिमार्फत शेयर बिक्री गर्नेछ।

वितरणयोग्य मुनाफा भएको वर्षमा मात्र लाभांश दिने व्यवस्था रहेको उक्त शेयर दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ । हाल बैंकको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ रहेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट