,
,,::
KTM Post Logo
Nepal Voices

अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना मात्रै

📰
KTM Post

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अबदेखि एक जना मात्र सचिवको दरबन्दी रहने भएका छ।

स्वीकृत ‘नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३’ अनुसार दुई सचिव रहने मन्त्रालयहरूमा दरबन्दी पुनः मिलान गरी एक जना मात्र राख्ने व्यवस्था लागू गरिएपछि मन्त्रालयमा लामो समयदेखि कायम स्वास्थ्य सेवा र प्रशासनतर्फको दुई सचिवको व्यवस्था अन्त्य भएको हो ।

यस नयाँ व्यवस्थासँगै अब मन्त्रालयमा स्वास्थ्य सेवातर्फका सचिव डा। विकास देवकोटा मात्र बहाल रहनेछन् भने उनले नै मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्वको सम्पूर्ण जिम्मेवारी एक्लै सम्हाल्नेछन्।

यसैक्रममा प्रशासनतर्फका सचिव डिल्लीराम शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएपछि सोमबार मन्त्रालयबाट उनको औपचारिक बिदाइसमेत भइसकेको छ।

सम्बन्धित समाचार

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती 1

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती

काठमाडौं । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा...

गेडागुडी र भटमास बढी खाँदा उच्च रक्तचापको जोखिम ३० प्रतिशत कम 1

गेडागुडी र भटमास बढी खाँदा उच्च रक्तचापको जोखिम ३० प्रतिशत कम

काठमाडौं । गेडागुडी र भटमासजन्य खानेकुराहरूको नियमित सेवन उच्च रक्तचापको जोखिम कम गर्न निकै प्रभावकारी हुने एक नयाँ अनुसन्धानले देखाएको छ। ‘बीएमजे...

पूर्ण खोपबाट ४० हजार बढी बालबालिका वञ्चित 1

पूर्ण खोपबाट ४० हजार बढी बालबालिका वञ्चित

काठमाडौं । नेपालमा अझै पनि ८ प्रतिशत बालबालिका पूर्ण खोप सेवाबाट वञ्चित रहेको तथ्य सार्वजनिक भएको छ। आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार सन् २०२५ मा ९२...

अस्वस्थ जीवनशैलीले बढ्दै उच्च रक्तचाप 1

अस्वस्थ जीवनशैलीले बढ्दै उच्च रक्तचाप

काठमाडौं । नेपालमा अस्वस्थकर खानपान र बदलिँदो जीवनशैलीका कारण उच्च रक्तचापका बिरामीको संख्या निरन्तर बढ्दै गएको स्वास्थ्य विज्ञहरूले बताएका...