,
,,::
KTM Post Logo
Nepal Voices

एक सातामै १ अर्ब ३ करोड निकासा, २१७ अस्पतालले पाए रोकिएको भुक्तानी

📰
KTM Post

काठमाडौँ । स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बिमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो ।

पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बीमा बापत १ अर्ब ३ करोड रुपैयाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । जसबाट १५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी गरी २१७ अस्पतालले बीमा बापतको रकम प्राप्त गरेका छन् । अघिल्लो वर्षको बक्यौता भुक्तानी हुनेगरी विभिन्न स्वास्थ्य संस्थाहरूमा पटकपटक गरी एक अर्ब तीन करोड पठाएपछि स्वास्थ्य बिमाको रकमसम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको हो ।

स्वास्थ्य बिमा बोर्डबाट सार्वजनिक गरिएको जानकारीअनुसार दुई दिनअघि मात्र विपन्न वर्गलक्षित ३२ करोड ६ लाखभन्दा बढी रकम भुक्तानी गरिएको छ । बोर्डका वरिष्ठ मेडिकल सुपेरिटेन्डेन्ट डा पवन शाहले केही समयअघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बिमाबापतको रकम भुक्तानी गर्ने गरिएकामा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिए ।

यसरी भुक्तानी पाउने अस्पतालहरूमा मध्यविन्दु जिल्ला अस्पताल, भेरी अञ्चल अस्पताल, नारायणी अस्पताल, नेपाल मणिपाल शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतका ढेड सयभन्दा बढी अस्पतालहरू रहेका छन् । त्यस्तै राष्ट्रिय ट्रमा सेन्टर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र झापाको बिएण्डसी शिक्षण अस्पताललगायतका निजी अस्पतालमा उपचार गराउने विपन्नसमेत बिमा रकम सरकारले भुक्तानी गर्नका लागि पठाएको छ ।

सो रकम राष्ट्रिय बिमा बोर्डको निर्णयअनुसार विपन्न नागरिकको मिर्गौलाको डायलाइसिस सेवा, मुटुरोगको उपचार, टाउकोको गम्भीर चोटपटक, स्पाइनल इन्जुरी आदि रोगको शोधभर्नाबापत भुक्तानी गरिएको हो । स्वास्थ्य संस्थाबाट प्राप्त दाबीहरूमध्ये कागजात पूरा भएका दाबीहरूको भुक्तानी पठाइएको हो ।

भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बिमा कार्यक्रमको भविष्यमा अन्योल छाउने अवस्था आउन नदिन सरकारले यसपटक १५ अर्ब रकम छुट्याएको छ । यसका साथै स्रोतको परिधिभित्र आउनेगरी बिमा गराउने, अस्पतालको स्वास्थ्य परीक्षण र सामान खरिदमा कडा अनुगमन गर्नेजस्ता उपाय अपनाउने सोचाइ सरकारले बनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमाजस्तो कल्याणकारी कार्यक्रमलाई अन्योलमा पर्न नदिन सरकारले बक्यौता रकम भुक्तानी गर्दै जाने बताएन । समस्या दोहोरिन नदिन अबको स्वास्थ्य बिमालाई कडाइका साथ निगरानी र नियमन गरिने मन्त्री मेहताको भनाई छ ।

सम्बन्धित समाचार

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती 1

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती

काठमाडौं । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा...

गेडागुडी र भटमास बढी खाँदा उच्च रक्तचापको जोखिम ३० प्रतिशत कम 1

गेडागुडी र भटमास बढी खाँदा उच्च रक्तचापको जोखिम ३० प्रतिशत कम

काठमाडौं । गेडागुडी र भटमासजन्य खानेकुराहरूको नियमित सेवन उच्च रक्तचापको जोखिम कम गर्न निकै प्रभावकारी हुने एक नयाँ अनुसन्धानले देखाएको छ। ‘बीएमजे...

पूर्ण खोपबाट ४० हजार बढी बालबालिका वञ्चित 1

पूर्ण खोपबाट ४० हजार बढी बालबालिका वञ्चित

काठमाडौं । नेपालमा अझै पनि ८ प्रतिशत बालबालिका पूर्ण खोप सेवाबाट वञ्चित रहेको तथ्य सार्वजनिक भएको छ। आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार सन् २०२५ मा ९२...

अस्वस्थ जीवनशैलीले बढ्दै उच्च रक्तचाप 1

अस्वस्थ जीवनशैलीले बढ्दै उच्च रक्तचाप

काठमाडौं । नेपालमा अस्वस्थकर खानपान र बदलिँदो जीवनशैलीका कारण उच्च रक्तचापका बिरामीको संख्या निरन्तर बढ्दै गएको स्वास्थ्य विज्ञहरूले बताएका...