निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती
काठमाडौं । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बिहीबार सार्वजनिक गरेको सूचनामा यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ ।
यही जेठ ११ गते बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने आशंका छ । आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ ।
सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने चरम आर्थिक अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशायी हुने अवस्थामा पुगेको भन्दै आलोचना बढ्न थालेको छ । वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अर्बौं रकम भुक्तानी रोकिँदै आएको र त्यसकै दबाबमा अन्ततस् बोर्ड सेवा कटौती गर्न बाध्य भएको स्रोतहरूको भनाइ छ ।
बीमा बोर्डका अनुसार अहिलेसम्म सेवाप्रदायक सस्थालाई १६ अर्ब तिर्न बाँकी छ ।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई राजनीतिक प्रचारको साधन बनायो, तर वित्तीय व्यवस्थापन, सेवा गुणस्तर र दिगोपनतर्फ गम्भीर ध्यान दिएन । परिणामस्वरूप अहिले स्वास्थ्य बीमा कार्यक्रमको अस्तित्व नै संकटमा पुगेको छ ।
निजी अस्पतालहरूले लामो समयदेखि सरकारले स्वास्थ्य बीमावाफत्को भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए । कतिपय अस्पतालले यसअघि नै स्वास्थ्य बीमाका बिरामी नलिने चेतावनी दिएका थिए । अब भने बोर्ड आफैंले सेवा स्थगनको निर्णय गरेपछि बीमा कार्यक्रम व्यवहारतस् संकुचनको चरणमा पुगेको देखिन्छ ।
सम्बन्धित समाचार
गेडागुडी र भटमास बढी खाँदा उच्च रक्तचापको जोखिम ३० प्रतिशत कम
काठमाडौं । गेडागुडी र भटमासजन्य खानेकुराहरूको नियमित सेवन उच्च रक्तचापको जोखिम कम गर्न निकै प्रभावकारी हुने एक नयाँ अनुसन्धानले देखाएको छ। ‘बीएमजे...
पूर्ण खोपबाट ४० हजार बढी बालबालिका वञ्चित
काठमाडौं । नेपालमा अझै पनि ८ प्रतिशत बालबालिका पूर्ण खोप सेवाबाट वञ्चित रहेको तथ्य सार्वजनिक भएको छ। आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार सन् २०२५ मा ९२...
अस्वस्थ जीवनशैलीले बढ्दै उच्च रक्तचाप
काठमाडौं । नेपालमा अस्वस्थकर खानपान र बदलिँदो जीवनशैलीका कारण उच्च रक्तचापका बिरामीको संख्या निरन्तर बढ्दै गएको स्वास्थ्य विज्ञहरूले बताएका...
स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड बजेट
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ मा स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत...







