,
,,::
KTM Post Logo
Nepal Voices

नियमविपरीत बेडसंख्याको शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट पौने २ करोड असुल गरिने

📰
KTM Post

काठमाडौं । स्वीकृति पाएकोभन्दा बढी शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छ । आफैँ शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले त्यस्ता मेडिकलबाट करिब रु एक करोड ७८ लाख ४४ हजार बेरुजु रकम रहेकाले उक्त रकम उठाउने तायरी थालेको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका बेथितिहरू क्रमशः हटाउँदै जाने क्रममा पाँच वर्षअघिको बेरुजु असुल गर्नेगरी काम सुरु गरिएको बताए ।

उनले बढी भएको रकम असुली गर्ने कार्य सुरु भइसकेको जनाउँदै थप कलेजहरूका अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको उल्लेख गरे । “राजधानीसहित देशका विभिन्न भागमा सञ्चालित ११ वटा मेडिकल कलेजले स्वीकृति पाएभन्दा बढी शय्या थपेर अतिरिक्त आम्दानी गरिरहेका छन् । तर कर तथा दस्तुर भने स्वीकृत शय्या सङ्ख्या बराबरको मात्र बुझाउने गरेका छन्”, उनले भने ।

महालेखा परीक्षकको प्रतिवेदनले करिब पाँच वर्षअघि मेडिकल कलेजको यो प्रवृत्तिबारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुुल उपर गर्नुपर्ने रकम उल्लेख गरेको थियो । सोही आधारमा स्वास्थ्य मन्त्रालयले थपिएका शय्या सङ्ख्या बराबरको दस्तुरबापतको थप रकम बेरुजुका रूपमा सङ्कलन गरी सञ्चित कोषमा दाखिला गर्न लागेको जनाएको छ ।

स्वीकृतभन्दा बढी शय्या राखी कमाउने मेडिकल कलेजमा भरतपुरको चितवन मेडिकल कलेज, ललितपुरको मेडसिटी मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज तथा काठमाडौँको नेपाल मेडिकल कलेजले आर्थि वर्ष २०७६/७७ देखि शय्या थप गरेकाले सोही समयदेखिको बेरुजु रकम असुल उपर गरिने मन्त्रीमेहताले जानकारी दिए ।

सम्बन्धित समाचार

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती 1

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती

काठमाडौं । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा...

गेडागुडी र भटमास बढी खाँदा उच्च रक्तचापको जोखिम ३० प्रतिशत कम 1

गेडागुडी र भटमास बढी खाँदा उच्च रक्तचापको जोखिम ३० प्रतिशत कम

काठमाडौं । गेडागुडी र भटमासजन्य खानेकुराहरूको नियमित सेवन उच्च रक्तचापको जोखिम कम गर्न निकै प्रभावकारी हुने एक नयाँ अनुसन्धानले देखाएको छ। ‘बीएमजे...

पूर्ण खोपबाट ४० हजार बढी बालबालिका वञ्चित 1

पूर्ण खोपबाट ४० हजार बढी बालबालिका वञ्चित

काठमाडौं । नेपालमा अझै पनि ८ प्रतिशत बालबालिका पूर्ण खोप सेवाबाट वञ्चित रहेको तथ्य सार्वजनिक भएको छ। आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार सन् २०२५ मा ९२...

अस्वस्थ जीवनशैलीले बढ्दै उच्च रक्तचाप 1

अस्वस्थ जीवनशैलीले बढ्दै उच्च रक्तचाप

काठमाडौं । नेपालमा अस्वस्थकर खानपान र बदलिँदो जीवनशैलीका कारण उच्च रक्तचापका बिरामीको संख्या निरन्तर बढ्दै गएको स्वास्थ्य विज्ञहरूले बताएका...