KTM Post Logo
KTM Post Logo

भारतबाट एक र चीनबाट दुई बेलिब्रिज प्राप्त, ४९ वटा आउने क्रममा

📰
KTM Post

काठमाडौं । भोटेकोसी बाढीपछि नेपालले भारत र चीनबाट तीनवटा बेलिब्रिज प्राप्त गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, भारतबाट एउटा र चीनबाट दुईवटा बेलिब्रिज प्राप्त भएको हो ।

“हामीलाई जे सामाग्री अपुग छ त्यो सम्बन्धित मुलुकसँग समन्वय गरिरहेका छौँ । बाढीले ५७ वटा पुलमा क्षति गरेको । यसको लागि मित्रराष्ट्र भारत र चीनसँग बेलिब्रिजको लागि अनुरोध गरेका छौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।

भारतले २२ वटा बेलिब्रिज उपलब्ध गराउने आश्वासन दिएको छ । जसमा ६ वटा बेलिब्रिज र १६ वटा सिंगल लेन ७० मिटरको ब्रिजहरू छन् । भारतबाट स्टिल ब्रिजहरू आउने क्रममा रहेको उनले जनाए ।

“चीनसँग ३० वटा बेलिब्रिज अनुरोध गरेकोमा १०० मिटर लम्बाईका दुई वटा पुलहरू नेपाललाई हस्तान्तरण भइसकेको छ । बाँकी आउने क्रममा रहेको छ,” परराष्ट्र प्रवक्ता क्षेत्रीले भने ।

सम्बन्धित समाचार

पोखरा बसपार्कका ५६७ परिवारको व्यवस्थापन पुनः अघि बढाइने, वैकल्पिक व्यवस्थापछि मात्र हटाइने 1

पोखरा बसपार्कका ५६७ परिवारको व्यवस्थापन पुनः अघि बढाइने, वैकल्पिक व्यवस्थापछि मात्र हटाइने

काठमाडाैं। पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा...

भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन 1

भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन

काठमाडौं। भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना, मनसुनी वायु सक्रिय 1

आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना, मनसुनी वायु सक्रिय

काठमाडाैं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित...

उपत्यकामा २४ घण्टामा ८९४ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा 1

उपत्यकामा २४ घण्टामा ८९४ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ८९४ जनालाई...