सुरुङबाट उद्धार गरिएका दुई जना अस्पतालबाट डिस्चार्ज
काठमाडौं । त्रिशूली–३ ए र माथिल्लो त्रिशूल–१ जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएका दुई जना डिस्चार्ज भएका छन् । सञ्जय शाह र चिनियाँ नागरिक लुआइतोलाई उपचारपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले बताए ।
१० औँ दिनमा उद्धार गरिएका शाह र ११ औँ दिनमा उद्धार गरिएका चिनियाँको छाउनी स्थित सैनिक अस्पतालमा उपचार भइरहेको थियो । सुरक्षाकर्मीहरूले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङको २२५ मिटर भित्र सुरुङबाट चिनियाँ नागरिक लुआइतोलाई उद्धार गरेका थिए । उद्धारपछि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर अस्पताल भर्ना गरिएको थियो । एक साताको उपचारपछि उनीहरू स्वास्थ्यलाभ गरेर घर फर्किएका हुन् । सुरुङबाट उनीहरूलाई सेना, सशस्त्र प्रहरी बल र विदेशी सुरुङ विज्ञहरूको टोलीले सकुशल उद्धार गरेका थिए । सञ्जय साह विद्युत् प्राधिकरणको मेकानिकल समूहका फोरम्यान हुन् ।
सञ्जयसँगै त्रिशूली–३ ए जलविद्युत आयोजनाका सुपरभाइजर कविर महर्जनको पनि सकुशल उद्धार गरिएको थियो । भोटेकोशीको बाढीका कारण फसेकाहरूको खोजी तथा उद्धारका लागी अहिले ७ वटा सुरुङमा काम भइरहेको सहायकरथी बस्नेतले बताए ।
सम्बन्धित समाचार
पोखरा बसपार्कका ५६७ परिवारको व्यवस्थापन पुनः अघि बढाइने, वैकल्पिक व्यवस्थापछि मात्र हटाइने
काठमाडाैं। पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा...
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन
काठमाडौं। भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना, मनसुनी वायु सक्रिय
काठमाडाैं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित...
उपत्यकामा २४ घण्टामा ८९४ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ८९४ जनालाई...




