,
,,::
KTM Post Logo
Nepal Voices

अब सुशील कोइरालाका पालाको जस्तो दह्रो काङ्ग्रेस सदाका निम्ति सकियो

📰
KTM Post

इतिहासमा कयौ पटक नेपाली कांग्रेसलाई कमजोर बनाउने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल भए । पछिल्लो ०५८ को खेलमा देउवा पछाडि रहेको ताकत गिरिजाप्रसाद भन्दा बलियो भयो पार्टी ख्याल ख्याल मै टुट्यो । शान्ति सम्झौता र अन्तरिम सरकारका बखत फेरि गिरिजाप्रसाद बलिया भए पार्टी मिल्यो ।

१३औ र १४औ महाधिवेशनका बेला पार्टीले गुटगत राजनीतिलाई मान्यता दियो साथै शेरबहादुर देउवा र तत्कालीन महामन्त्री गगन थापाजी र विश्वप्रकाश शर्माजी एकाएक एकढिक्का भए । पटक पटक सरकारमा अङ्सियार पठाइयो । ०८२ भाद्र २२ गतेसम्म पनि शेरबहादुर देउवा कांग्रेस र गगन थापा कांग्रेस मिलेरै अगाडि बढिरहे ।

भाद्र २३/२४ को विध्वंस पछि जिउँदै अवसान सहेको शेरबहादुरलाई हिजो सम्मका आफ्नै महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले पलायन गराउनेसम्मको खेल सफलतापुर्वक सम्पन्न गरे ।

सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र सितल निवास जलाउने एवं शेरबहादुरको राजनितिबाटै पलायन, विशेष महाधिवेशनको मञ्चन र रवि लामिछाने र बालेन शाह मिलाउने खेल एउटै कोठाको एउटै मिटिङ्गमा तय थियो । गगन थापा र विश्वप्रकाश शर्मा अनभिज्ञ रहे या तात्तातो सभापतिका निम्ति राजनितिका सबै मर्यादा भुले ।

कस्तै अवस्थामा पनि नाकै मुनि आएको १५औ महाधिवेशनको बैधानिक सभापति छोडेर परचक्री योजनामा नेपाली कांग्रेसको अस्थायी सभापति गगन थापालाई प्यारो लाग्यो ।

अब काङ्ग्रेसले गगन थापा र विश्व प्रकाश जस्ता सभापति पटक पटक,हरेक पटक पाउला तर दक्षिण एसियामा उदयीमान भारत र उत्तरी छिमेकी चीनका विच विश्वास,भरोसा र मधुर सम्बन्ध, कमसे कम ०७० को शुसिल कोइरालाको जस्तो दह्रो काङ्ग्रेस सदाका निम्ति सकियो ।

उपरोक्त सबै घटनाको श्रेय र जिम्मेवारी नाटकीय रूपमा ३१ दिन सम्म सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्मासँग कुनै सम्वाद र भेटघाट नभएका निरिह पुर्णबहादुर खड्कालाइ थोपरिदै छ । सत्यमेव जयते ।

सम्बन्धित समाचार

अमेरिकाको ५० संघीय राज्यहरु र संविधान 1

अमेरिकाको ५० संघीय राज्यहरु र संविधान

विश्वका २८ मुलुकहरु संघीय संरचनामा छन । यसमध्ये पछिल्लो पटक नेपाल पनि संघीय संरचनाको राजनैतिक-प्रशासनिक अभ्यासमा छ । सन् २०१५ को संविधानले नेपाललाई...

उच्च रक्तचापको समस्या : हामी कहाँ चुक्छौँ ? 1

उच्च रक्तचापको समस्या : हामी कहाँ चुक्छौँ ?

उच्च रक्तचाप सुन्दा सामान्य लागे पनि यसले गर्ने भयानक असरबारे मानिसमा पर्याप्त जानकारी नभएकाले होला, खासै महत्व दिएको पाइँदैन । यसले उच्च रक्तचापले...

स्वर्ग र नर्क : सी र ट्रम्प 1

स्वर्ग र नर्क : सी र ट्रम्प

काठमाडौं । केही बर्खाअघि केपी ओलीले प्रचण्डलाई सिधै भाकामा स्वर्ग र नर्क जता गएपनि संगै जाने संगै मर्ने कसम खाएर फास्लाङ्गफुस्लुङ्ग पारेका थिए ।...

नयाँ पुस्ता र इतिहासबीचको दूरीले डाकेको वैचारिक स्मृतिको संकट 1

नयाँ पुस्ता र इतिहासबीचको दूरीले डाकेको वैचारिक स्मृतिको संकट

नेपालको राजनीतिमा सतहमा शान्ति देखिए पनि, भित्री रूपमा गम्भीर वैचारिक पुनर्संरचनाका संकेतहरू क्रमशः प्रकट भइरहेका छन्। संविधान संशोधनको बहससँगै,...