Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक भोलि चितवनमा बस्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक चितवनमा बस्ने भएको छ । पार्टीका एक पदाधिकारीका अनुसार बिहीबार सचिवालयले तय गरेका प्रस्तावलाई केन्द्रीय कमिटीले पारित गर्ने लगायतका एजेन्डा छन् ।

पार्टी स्थापनाको दिवसको अवसर पारेर रास्वपाले ७–९ मा चितवनमा पहिलो महाधिवेशन गर्दै छ । सम्पूर्ण नेता एवं पदाधिकारीहरू चितवन जाने क्रम जारी छ ।

आजको प्रतिनिधिसभाको बैठक सकेर बाँकी नेताहरू पनि चितवन जाँदै छन् । पार्टी वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह पनि आइतबार बिहान चितवन जाने कार्यक्रम रहेको छ ।

शनिबार बस्ने केन्द्रीय कमिटीको बैठक वर्तमान नेतृत्वको कार्यकालका लागि अन्तिम बैठक हुनेछ । असार ९ पछि नयाँ नेतृत्व चयन हुनेछ । रास्वपाले नवीन नेतृत्व मनोनयन गर्ने भएको छ ।

बिहीबारको सचिवालय बैठकले १९ पदाधिकारी मध्ये अधिक पदमा सभापतिले मनोनयन गर्ने तय गरेपछि अब बाँकी पदमा पनि सहमतिका आधारमा कार्यसमितिलाई पूर्णता दिने तर्फ नेताहरूले नेतृत्वलाई सुझाव दिएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट