Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

रवि लामिछानेका कडा नियम: आफन्तलाई सरकारी काममा नो-इन्ट्री


काठमाडौं । नेतृत्वको (रास्वपा) ले संगठनलाई थप पारदर्शी, अनुशासित र हितको द्वन्द्वबाट मुक्त राख्ने उद्देश्यसहित कडा आन्तरिक मापदण्ड लागू गरेको जनाएको छ।

पार्टीले जारी गरेको व्यवस्थाअनुसार कुनै पनि पदाधिकारी वा नेताले आफ्ना आफन्त, परिवारका सदस्य वा नजिकका व्यक्तिका लागि सरकारी नियुक्ति, सरुवा, बढुवा, ठेक्का वा अन्य सरकारी काममा सिफारिस गर्न नपाउने व्यवस्था गरिएको छ। यस्तो कदमले नातावाद र शक्ति दुरुपयोगलाई निरुत्साहित गर्ने उद्देश्य राखिएको पार्टीको भनाइ छ।

यस्तै, स्थायी रूपमा सरकारी वा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई पार्टीको सदस्यता वा सक्रिय जिम्मेवारीमा प्रवेश नदिने नीति पनि अवलम्बन गरिएको छ। शिक्षकहरूले आफ्नो पेशागत निष्पक्षता कायम राख्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको पार्टीको तर्क छ।

रास्वपाले यी नियमलाई सुशासन, पारदर्शिता र जवाफदेहिताको अभ्यासका रूपमा व्याख्या गर्दै सबै नेता तथा कार्यकर्तालाई अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट