प्रहरी पोशाक खरिदमा नयाँ व्यवस्था ल्याइँदै, रकम सिधै सुरक्षाकर्मीलाई दिने तयारी
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले प्रहरी पोशाक खरिदमा हुने भनिएको अनियमितता, बिचौलिया प्रभाव र ‘सेटिङ’ संस्कृति अन्त्य गर्न नयाँ व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन्।
प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले अब पोशाक खरिदका लागि छुट्याइने रकम सम्बन्धित सुरक्षाकर्मीलाई नै उपलब्ध गराउने र उनीहरूले आवश्यक पोशाक आफैं खरिद गर्ने व्यवस्था गर्ने सोच बनाइएको जानकारी दिए।
गुरुङका अनुसार यस व्यवस्थाले पोशाक खरिद प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउनुका साथै सम्भावित भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरकारले राज्यको स्रोत–साधनको सदुपयोग गर्दै सुरक्षाकर्मीको पोशाक व्यवस्थापन प्रणालीमा सुधार ल्याउने लक्ष्य राखेको उनले बताए।
क्याटेगोरी : समाचार













प्रतिक्रिया