Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर


काठमाडौं । विशेष अदालतले दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, पूर्वसदस्य धनराज ज्ञवाली र पूर्वसदस्य टिकाप्रसाद उप्रेतीलाई दोषी ठहर गरेको छ ।

अदालतले दिगम्बर झालाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ । साथै सार्वजनिक संस्थाको प्रमुख पदमा बहाल रहेको अवस्थामा भ्रष्टाचार गरेकाले थप ६ महिना गरी कुल १ वर्ष कैद सजाय सुनाइएको छ ।

त्यस्तै धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

उनीहरूले टेरामक्स प्रणाली खरिद गर्दा अनिवार्य रूपमा गर्नुपर्ने सम्भाव्यता अध्ययन विस्तृत परियोजना प्रतिवेदन र लागत अनुमानजस्ता कानुनी प्रक्रियाहरू पूरा नगरी बदनियतपूर्ण ढङ्गले खरिद प्रक्रिया अगाडि बढाएको अदालतको निष्कर्ष छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट