Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

२० वर्षपछि विवाह गर्ने युवतीलाई बर्दिबास नगरको ५१ हजार रुपैयाँ उपहार


काठमाडौँ – बर्दिबास नगरपालिका ले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने युवतीलाई नगद ५१ हजार रुपैयाँ प्रोत्साहन दिने घोषणा गरेको छ।

नगरको १८औँ नगरसभामा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमार्फत यस्तो व्यवस्था गरिएको हो। नगरप्रमुख प्रल्हादकुमार क्षेत्री का अनुसार बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।

उनले उमेर नपुगी हुने विवाहलाई निरुत्साहित गर्दै कानुनी उमेरपछि मात्र विवाह गर्ने संस्कार विकास गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

यसअघि नगरले मुसहर समुदायलाई लक्षित गर्दै उमेर पुगेर विवाह गर्ने जोडीलाई ५० हजार रुपैयाँ प्रोत्साहन दिने योजना ल्याएको थियो। तर हालसम्म एक जोडीले मात्र उक्त सुविधा लिएको अभिलेखले देखाएको छ।

नगरपालिकाका १४ वडामध्ये अधिकांश बालविवाहमुक्त घोषणा भइसकेका छन् भने बर्दिबास–१२ मा अझै यस्तो घोषणा हुन बाँकी छ। नयाँ योजनाले सामाजिक सचेतना थप वृद्धि हुने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट