Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

आन्तरिक राजस्व र भन्सार विभागको महानिर्देशकमा भुसालद्वय नियुक्त


काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागले नयाँ नेतृत्व पाएका छन् । भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् ।

त्यस्तै, प्रेमप्रसाद आचार्यलाई भन्सार विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ । सो विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयको अर्थ मन्त्रालयबाहिर सरुवा भएको छ ।

त्यसैगरी डा। भीष्मकुमार भुसाललाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । हालका निमित्त महानिर्देशक रमेश अर्याल अर्थ मन्त्रालय बाहिर सरुवा भएको मन्त्रालयले जानकारी दिएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट