एलजीले ल्यायो ‘एसेन्सियल सिरिज’, यस्ता छन् विशेषता
काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली घरपरिवारको आवश्यकता र जीवनशैलीलाई सुहाउँदो ‘एसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरणहरू सार्वजनिक गरेको छ ।
‘हरेक घरको खुशी, घर-घरमा एलजी’ अभियानअन्तर्गत काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच यी उपकरणहरू सार्वजनिक गरिएको थियो । नयाँ श्रृंखलामा विशेषगरी दुई ढोका भएका फ्रिज (रेफ्रिजेरेटर), पूर्ण रूपमा स्वचालित वासिङ मेसिन र एयर कन्डिसनरहरू समावेश छन् ।
यस अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सीजी इलेक्ट्रोनिक्सबीचको लामो सहकार्यले नेपाली उपभोक्ताका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरका उत्पादन निर्देशक चाङ्हो हानले नेपाली ग्राहकहरूको आवश्यकतालाई गहिरो अध्ययन गरेर नै यो सिरिज तयार पारिएको जानकारी दिए । उनका अनुसार आधुनिक डिजाइन र भरपर्दो कार्यसम्पादन रहेको यो श्रृंखलाले नेपाली परिवारहरूको दैनिक जीवनलाई थप समृद्ध बनाउनेछ ।
यस सिरिजका उत्पादनहरूमा विशेष सुविधाहरू थपिएका छन् । फ्रिजमा स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्ने ‘स्मार्ट मोड’ छ भने यसको तरकारी भण्डारण क्षमता अघिल्ला मोडलहरूको तुलनामा २० प्रतिशत ठूलो छ ।
त्यस्तै, लुगा धुने मेसिन (वासिङ मेसिन) मा पानीको कम चाप हुँदा पनि प्रभावकारी रूपमा धुलाई सुनिश्चित गर्ने प्रविधि र पानीले नबिगार्ने नियन्त्रण पाता (वाटर-रेसिस्टेन्ट प्यानल) जडान गरिएको छ ।
ऊर्जा बचत गर्ने एयर कन्डिसनरमा वातावरणमैत्री ग्याँसको प्रयोग गरिएको छ जसले कम बिजुली खपतमा प्रभावकारी तताउने वा चिस्याउने सुविधा प्रदान गर्छ ।
यी उत्पादनहरूको बिक्री वितरण सन् २०२६ जुन महिनादेखि नेपालभर सुरू हुनेछ ।
कम्पनीका अनुसार यी उत्पादनहरूको मूल्य ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरू हुनेछ । ग्राहकले यी सामग्रीहरू देशभरका आधिकारिक एलजी ब्रान्ड शोरुम, रिटेल पसल र अनलाइन माध्यममार्फत खरिद गर्न सक्नेछन् । नेपालमा विगत चार दशकदेखि सीजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरू आधिकारिक रूपमा वितरण गर्दै आइरहेको छ ।
क्याटेगोरी : विज्ञान













प्रतिक्रिया