बाढीपीडितको सहयोगका लागि नेपाल-बंगलादेश टी-२० क्रिकेट सिरिज प्रस्ताव
काठमाडौं । बंगलादेश र नेपालले खेलकुद तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन चासो व्यक्त गरेका छन् । यसका लागि दुई देशबीच टी–२० क्रिकेट शृङ्खला आयोजना गर्ने विषय मुख्य प्रस्तावका रूपमा अगाडि आएको छ।
बंगलादेशी अखबार डेली सनका अनुसार बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बिहीबार बंगलादेश सचिवालयमा बंगलादेशका युवा तथा खेलकुद राज्यमन्त्री अमिनुल हकसँगको भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन्।
भेटका क्रममा राजदूत भण्डारीले हालै नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का समयमा बंगलादेश सरकार र त्यहाँका जनताले पुर्याएको समयसापेक्ष सहयोगका लागि धन्यवाद ज्ञापन गरे।
दुई देशबीचको बलियो राजनीतिक सम्बन्धलाई जोड दिँदै राजदूतले खेलकुद र सांस्कृतिक आदानप्रदानमार्फत सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रसस्त सम्भावना रहेको बताए। उनले द्विपक्षीय क्रिकेट प्रतियोगिताहरूलाई पुनः निरन्तरता दिने प्रस्ताव गर्दै टी–२० शृङ्खलाका लागि नेपाल बंगलादेश भ्रमण गर्न वा बंगलादेशी टोलीलाई नेपालमा आतिथ्यता प्रदान गर्न तयार रहेको जानकारी गराए।
प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै राज्यमन्त्री अमिनुलले खेलकुद कूटनीतिप्रति बंगलादेशको प्रतिबद्धता दोहोऱ्याए र मन्त्रालयले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) सँग छलफल अघि बढाउन सकोस् भन्नका लागि राजदूत भण्डारीलाई औपचारिक मनसाय पत्र बुझाउन आग्रह गरे।
यसैगरी, अमिनुलले पर्वतारोहणको क्षेत्रमा थप सहकार्यको प्रस्ताव गर्दै नेपाली खेलाडीहरूसँग अभ्यास गरी बंगलादेशी एथलीटहरूलाई पर्वतारोहणसम्बन्धी सीप विकास गर्न सहयोग पुर्याउन नेपालको भौगोलिक अनुकूलताको उपयोग गर्ने वातावरण बनाउन आग्रह गरे।
सम्बन्धित समाचार
एसिसी प्रिमियर कप फाइनल: उपाधिका लागि आज नेपाल र युएई आमनेसामने
काठमाडाैं। तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज साविक विजेता नेपाल र युनाइटेड अरब इमिरेट्स ...
एसीसी प्रिमियर कप फाइनलमा नेपाल र यूएई भिड्दै
काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको उपाधिका लागि शनिबार यूएईको सामना गर्दै छ । खेल मलेसियाको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान ७स्१५ मा सुरु...
२०औं एसियाली खेलकुद: २११ सदस्यीय नेपाली टोलीलाई खेलकुदमन्त्री पोखरेलद्वारा बिदाइ
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद मा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन...
एनभिएलः फाइनल प्रवेशका लागि काठमाडौँ र कर्णाली आमनेसामने
काठमाडौं। पहिलो संस्करणको नेपाल भलिबल लिग अन्तर्गत फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ।त्रिपुरेश्वरस्थित...




