KTM Post Logo
KTM Post Logo

नेपाल र बंगलादेशबीच टी–२० शृंखला हुँदै

📰
KTM Post

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को सहकार्यमा नेपाल र बंगलादेशबीच टी२० आई क्रिकेट शृंखला हुने भएको छ । उक्त खेल कीर्तिपुर क्रिकेट रंगशालामा हुनेछ ।

खेल आगामी वर्ष २०२७ को मार्च २६, २८ र ३० तारिखमा हुने नेपाल क्रिकेट संघले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

उक्त शृंखलालाई नेपालमा हालै रसुवामा आएको बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा समर्पित गरिने जनाइएको छ ।

बुधबार क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै क्यान र बीसीबीले संयुक्त रूपमा उक्त शृंखलालाई मित्रता, मानवीय संवेदना, स्मरण र ऐक्यबद्धताको विशेष सन्देश बोकेको शृंखलाको रूपमा अगाडि बढाउने निर्णय गरेको जनाएका छन् ।

दुई देशबीच क्रिकेट विकासको दीर्घकालीन सहकार्य महिला क्रिकेट, उमेर समूहको क्रिकेट र भविष्यमा ुएु टोलीको भ्रमण र ुएु टोलीको द्वीपक्षीय कार्यक्रमहरू समेतलाई प्रोत्साहित गर्ने प्रतिबद्धता विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार

एन्फा कार्यालयमा सीआईबीको छापा 1

एन्फा कार्यालयमा सीआईबीको छापा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले अखिल नेपाल फुटबल सङ्घ को कार्यालयमा छापा मारेको छ ।सीआईबीको टोलीले आज एन्फा कार्यालय...

एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह 1

एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

काठमाडौं। अखिल नेपाल फुटबल संघ राष्ट्रिय खेलकुद परिषद् को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त...

नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० सिरिज खेल्ने 1

नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० सिरिज खेल्ने

काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले घरेलु मैदानमा बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।नेपाल क्रिकेट...

कांग्रेस महाअधिवेशन रोक्नुपर्ने अवस्था देखिएन : सर्वोच्च 1

कांग्रेस महाअधिवेशन रोक्नुपर्ने अवस्था देखिएन : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्न सहज सुविधा हुनेगरी आदेश दिएको छ । कांग्रेसको महाधिवेशन गर्ने तयारीमा रहेका संस्थापन...