अमेरिकी राष्ट्रपति ट्रम्पले आज ११ देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै छन्।
मध्यपूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानका प्रयास जारी रहेका बेला ट्रम्पले आज कम्तीमा ११ जना विश्व नेतासँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रोयटर्सले जनाएको छ । ट्रम्पले राष्ट्रसंघ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहम, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिगेज, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सन तथा ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसैगरी, उनले संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, ओमान, बहराइन, कुवेत र कतारका प्रतिनिधिसँग सामूहिक भेटवार्ता गर्नुहुनेछ । भेटवार्तामा इरानसँगको युद्ध, युक्रेन युद्ध, मध्यपूर्वको सुरक्षा अवस्था तथा ऊर्जा र समुद्री मार्गको सुरक्षालगायत विषय प्रमुख रूपमा उठ्ने अपेक्षा छ । इरानसँगको युद्धका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको र त्यसले अमेरिकी जनजीवनको लागतमा समेत असर पारेको विषय ट्रम्प प्रशासनका लागि चुनौती बनेको छ ।
खाडी देशका नेताहरूसँगको भेटवार्तामा इरान समर्थित हुथी समूहको गतिविधि र लालसागर तथा बाब अल–मन्देब जलडमरूमध्यमा बढेको सुरक्षा चुनौतीबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँगको भेटवार्ता पनि महत्त्वपूर्ण मानिएको छ ।
यसैबीच, ट्रम्पले भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिगेजसँग पहिलो पटक भेटवार्ता गर्दै छन्।
सम्बन्धित समाचार
मिडिया प्रतिबन्धपछि ह्वाइट हाउसले सुरु गर्यो ‘ट्रम्प टिभी’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तीन सञ्चार माध्यमका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएपछि ह्वाइट हाउसले आफ्नै अनलाइन...
अमेरिका-इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
तेहरान। अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काए युद्धको क्षेत्र नै विस्तार गर्ने इरानको इस्लामिक रिभोलुसनरी गार्डले चेतावनी दिएको छ।इरानको...
प्रविधि कम्पनी गुगललाई ७० अर्ब रूपैयाँ जरिवाना
काठमाडौं । गुगलमाथि आयरल्यान्डको डेटा प्रोटेक्सन कमिसनले लोकेसन डेटाको प्रयोगलाई लिएर ४० करोड ३० लाख युरो जरिवाना लगाएको छ।यो आइरिस डेटा सुरक्षा...
जापानमा ‘दुजुआन’ ताइफुनको ताण्डव: दुईको मृत्यु, हजारौं घरमा लाेडसेडिङ र ओशिमामा कीर्तिमानी वर्षा
टाेकियाे। शक्तिशाली ताइफुन ‘दुजुआन’का कारण जापानमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।भीषण वर्षा र पहिरोका कारण राजधानी...




