KTM Post Logo
KTM Post Logo

साउदीको आग्रहपछि हुथीलाई नियन्त्रणमा लिन इरानमाथि चीनको दबाव

📰
KTM Post

काठमाडौं । साउदी अरबको आग्रहपछि यमनका हुथी विद्रोहीहरूलाई नियन्त्रणमा लिन चीनले इरानलाई दबाव दिइरहेको विवरण सार्वजनिक भएको छ ।

इरान–समर्थित समूह हुथीले गएको हप्ता गरेको तीव्र सैन्य आक्रमणपछि साउदी अरबले चीनसमक्ष सहयोगका लागि आग्रह गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । यो आग्रहपछि चीनले हुथी विद्रोहीहरूलाई नियन्त्रणमा लिन इरानलाई गोप्य रूपमा आग्रह गरेको हो ।

हुथी विद्रोहीहरूले लाल सागरको तट र बाब–अल–मान्देब जलमार्ग वरपरका क्षेत्रमा तीव्र गतिमा आफ्नो पकड विस्तार गरेपछि साउदी अरबले सहयोगका लागि चीनको मुख ताकेको छ । हुथीहरूको यस कदमले साउदी तेल निर्यात र जल–परिवहनलाई थप जोखिमपूर्ण अवस्थामा पुर्‍याएको छ ।

चीनले सार्वजनिक रूपमा संयमता, वार्ता र सुरक्षित जल–आवागमनको पुनस्र्थापनाका लागि आह्वान गरेको छ । तर उसका भित्री सन्देशहरू सार्वजनिक भनाइभन्दा फरक रहेका इरानी अधिकारीहरूले बताएका छन् ।

चीन इरानले हुथीहरूमाथिको आफ्नो प्रभाव प्रयोग गरी द्वन्द्वलाई ती ऊर्जा मार्गहरूसम्म थप फैलिनबाट रोक्न मद्दत गरोस् भन्ने चाहन्छ । किनकि विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन ती ऊर्जा मार्गहरूमा निर्भर छ ।

इरानले भने यस क्षेत्रमा स्थिरता र शान्ति आफूविरुद्धको अमेरिका–इजरायल युद्धको अन्त्यमा निर्भर गर्ने जवाफ दिएको खबरमा उल्लेख छ ।

चीन एक दशकभन्दा लामो समयदेखि इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको छ र इरानी तेलको मुख्य खरिदकर्ता पनि हो ।

कमोडिटीसम्बन्धी तथ्याङ्क तथा विश्लेषण गर्ने संस्था ‘केप्लर’ का अनुसार सन् २०२५ मा इरानबाट समुद्री मार्ग हुँदै भएको तेल निर्यातको ८० प्रतिशतभन्दा धेरै हिस्सा चीनले खरिद गरेको थियो जुन दैनिक औसत झन्डै १४ लाख ब्यारेल बराबर थियो ।

सम्बन्धित समाचार

ट्रम्प किम जोङसँग वार्ता गर्न इच्छुक 1

ट्रम्प किम जोङसँग वार्ता गर्न इच्छुक

सियोल। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियासँग संवाद गर्न इच्छुक रहेको स्पष्ट पार्दै वासिङ्टन र...

इरानमा अमेरिकी हवाई हमलाबाट १७७ सर्वसाधारणको मृत्यु 1

इरानमा अमेरिकी हवाई हमलाबाट १७७ सर्वसाधारणको मृत्यु

काठमाडौं। संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले इरानमा भएका दुईवटा अमेरिकी हवाई हमलामा कम्तीमा १७७ जना सर्वसाधारणको ज्यान गएको र ती घटनामा...

ट्रम्प प्रशासनद्वारा साउदीलाई ४८ एफ-३५ बेच्ने प्रस्ताव स्वीकृत, चीन र इजरायलको चिन्ता 1

ट्रम्प प्रशासनद्वारा साउदीलाई ४८ एफ-३५ बेच्ने प्रस्ताव स्वीकृत, चीन र इजरायलको चिन्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले साउदी अरेबियालाई ४८ वटा एफ-३५ लडाकु विमान बेच्ने प्रस्ताव स्वीकृत गरेको छ। करिब २४...

अमेरिका-इरान तनाव : ट्रम्पले वार्ताको संकेत दिएसँगै घट्यो तेलको मूल्य 1

अमेरिका-इरान तनाव : ट्रम्पले वार्ताको संकेत दिएसँगै घट्यो तेलको मूल्य

अमेरिका-इरान द्वन्द्वबिच मध्यपूर्वमा आपूर्ति चिन्ता केही कम भएपछि शुक्रबार कच्चा तेलको मूल्य घटेको छ। साउदी अरेबियाले पाइपलाइनमा भएको क्षतिपछि...