Techie IT
KTM Post
बुधबार, ३ असार, २०८३

बैंकको निक्षेप ८० खर्ब २६ अर्ब पुग्यो


काठमाडौं । वित्तीय क्षेत्रको स्रोत परिचालनमा वैकल्पिक योजना नहुँदा बैंक तथा वित्तीय संस्थालाई निक्षेप नै बोझ बनेको छ । खासगरी बजारबाट कर्जाको माग सुस्त हुँदा बैंकहरूले लगानी बढाउन सकेका छैनन्, जसका कारण यतिबेला बैंकहरूमा १२ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ ।

जुन ११ सम्मको पछिल्लो तथ्यांक हेर्दा बैंकहरूको निक्षेपको आकार ८० खर्ब २६ अर्बमाथि पुगेको छ । तर, यसै अवधिमा यता कर्जा लगानी भने ५९ खर्ब ८ अर्ब रुपैयाँ बराबरको मात्र भएको छ ।

समीक्षा अवधिमा बैंकहरूमार्फत ७२.९३ प्रतिशत मात्र कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कामय गर्न पाउँछन् । तर, बजारमा खासगरी निजीक्षेत्रबाट कर्जाको मागनै नहुँदा बैंकहरूमाथि लगानीको चाप पर्न गएको हो । जसका कारण तरलता व्यवस्थापनको दबाब केन्द्रीय बैंकमा परेको छ ।

नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट निरन्तर बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट