नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ६३ करोड
काठमाडौं । बुधबार नेप्से परिसूचक झिनो अंकले सकारात्मक भएर बन्द भएको छ । पछिल्ला कारोबार दिनमा निरन्तर गिरावट आएको बजारमा बुधबार सामान्य अंकको सुधार देखिएको हो ।
नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा पुगेको छ।यसदिन नेप्से सामान्य अंकले सकारात्मक भएता पनि कारोबार रकममा भने गिरावट भएको छ । बुधबारको बजारमा तीन अर्ब ६३ करोड ७५ लाख रुपैयाँ बराबरमा ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर खरिदबिक्री भएको छ । मंगलबार चार अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।
१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, हाईड्रोपावर, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन घटेका उपसमूहहरुमा बैंकिङ, होटल, जीवन बीमा, लघुवित्त, म्युचुअलफण्ड, निर्जीवन बीमा, अन्य र व्यपार उपसमूह रहेका छन।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्राइन्सटर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड १७ लाख ११ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको १८ करोड ३२ लाख रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको हो।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो। यी दुवै बजारमा कारोबार सुरु भएका नयाँ कम्पनीहरु हुन। त्यस्तै, यसदिन बुंगल हाईड्रोपावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया