Techie IT
KTM Post
आईतबार, ७ असार, २०८३

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य प्रतितोला ५० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी ४ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट