Techie IT
KTM Post
आईतबार, ७ असार, २०८३

रास्वपा महाधिवेशन : चितवनको गर्मीमा मोहीको सर्वत


काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आजदेखि सुरू भएको छ । देशभरबाट आएका ४ हजार २ जना प्रतिनिधि र हजारौँ शुभेच्छुकहरूको बाक्लो उपस्थितिका कारण महाधिवेशन स्थलमा ठूलो चहलपहल बढेको छ ।

असारको टन्टलापुर र चितवनको गर्मीका बीच खुला चौरमा राजनीतिक बहसमा जुटेका सहभागीहरूलाई शीतलता प्रदान गर्न आयोजकले स्थानीय रैथाने पेय ’मोही’ को विशेष प्रबन्ध मिलाएको छ ।

गर्मीले हैरान भएका कार्यकर्ताहरू मोही लिन व्यग्रताका साथ झुम्मिएका देखिन्छन् जसले गर्दा यो राजनीतिक सरगर्मीका बीच महाधिवेशन स्थल पूर्णरूपमा ‘मोहीमय’ र मौलिक बनेको छ ।

आयोजकका अनुसार चितवनमा गर्मीयाममा मोही पिउने रैथाने चलन रहेकाले यसलाई महाधिवेशनको मुख्य पेय बनाइएको हो । महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी) र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको सहकार्यमा विभिन्न दुग्ध उत्पादक सहकारी तथा डेरीहरूले स्टल राखेर आकर्षक प्लास्टिक बोतलमा प्याक गरिएको मोही बिक्री तथा वितरण गरिरहेका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अनुसार महाधिवेशनको पहिलो दिन मात्रै ७ देखि ८ हजार लिटर मोही खपत हुने अनुमान छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट