Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

महामन्त्रीमा सुधन गुरुङको चर्चा, भूपदेव शाहको नाम पछि पर्‍यो


काठमाडौं । पार्टीको रिक्त महामन्त्री पदमा सुधन गुरुङलाई जिम्मेवारी दिने सम्भावनाबारे नेतृत्व तहमा छलफल भइरहेको चर्चा छ। पछिल्ला दिनमा गुरुङको नाम बलियो रूपमा अघि आएपछि यसअघि चर्चामा रहेका भूपदेव शाहको नाम भने एकाएक पछि परेको बताइएको छ।

स्रोतका अनुसार नेतृत्व तहले संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिलाई ध्यानमा राख्दै विभिन्न विकल्पमाथि छलफल गरिरहेको छ। त्यसक्रममा गुरुङलाई महामन्त्री बनाउने विषयले प्राथमिकता पाएको दाबी गरिएको छ।

यद्यपि, पार्टीले अहिलेसम्म महामन्त्री नियुक्तिबारे कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन। त्यसैले यस विषयमा भइरहेका सबै चर्चा नेतृत्वको अन्तिम निर्णयपछि मात्रै स्पष्ट हुनेछन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट