Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन्।पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले पार्टी विधान र नियमावलीअनुसार भक्तपुर निवासी डा. आचार्यलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्।नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ तथा नियमावली २०७६ को परिच्छेद १२ अन्तर्गतको नियम ३३ बमोजिम गरिएको नियुक्ति आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने जनाइएको छ।

डा. आचार्य नेपाली कांग्रेस तथा सञ्चार क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वका रूपमा परिचित छन्। उनी यसअघि पार्टीको केन्द्रीय प्रचार विभागको उपप्रमुखको जिम्मेवारीमा समेत रहिसकेका छन्।त्यस्तै, उनले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्त तथा नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षका रूपमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।पार्टीभित्र नीति, अनुसन्धान र प्रशिक्षणका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उनलाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरिएको कांग्रेसले जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट