शनिबार सरकारको सय दिने उपलब्धि सार्वजनिक हुँदै
काठमाडौं । नेतृत्वको सरकारले आफ्नो सय दिने कार्यकालका उपलब्धिहरू शनिबार सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार गठन भएको असार २० गते शनिबार सय दिन पूरा हुने भएकाले सोही अवसरमा सरकारका प्रमुख कार्यसम्पादन, नीति तथा निर्णयहरू समेटिएको प्रगति विवरण सार्वजनिक गरिनेछ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उपलब्धिहरूको सूची तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। सार्वजनिक गर्ने मिति तय भइसकेको भए पनि कार्यक्रमको समय भने अन्तिम रूपमा तय हुन बाँकी रहेको उनले जानकारी दिइन्।
सरकारले सय दिनको अवधिमा भएका उपलब्धि, कार्यप्रगति तथा आगामी प्राथमिकतासमेत समेटेर समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया