Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द


दमौली । ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा ढलान कार्य सुरु भएकाले त्यस सडक १५ दिन पूर्ण रूपमा अवरुद्ध हुने भएको छ ।

निर्माण कार्यको गुणस्तरीयता सुनिश्चित गर्न तथा कामलाई तीव्रता दिन बिहीबारदेखि १५ दिनसम्म उक्त सडकखण्ड बन्द रहनेछ ।

यस अवधिमा सर्वसाधारणलाई चालिसे–काहुँ–दमौली सडक तथा सिमनाथ–काहुँ–चालिसे सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट