दरबार हत्याकाण्ड अनुसन्धानबारे गृहमन्त्रालयमा छलफल
काठमाडौं । दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने विषयमा गृहमन्त्रालयमा आन्तरिक छलफल भइरहेको खुलेको छ।
स्रोतका अनुसार घटनाको छानबिनका लागि स्वतन्त्र समिति वा आयोग गठन गर्ने अथवा नेपाल प्रहरीमार्फत नै अनुसन्धान प्रक्रिया अघि बढाउने भन्ने विषयमा मन्त्रालयस्तरमा विभिन्न विकल्पबारे छलफल भइरहेको हो।
हालसम्म यस सम्बन्धमा कुनै औपचारिक निर्णय भने भएको छैन। छानबिनको स्वरूप, कानुनी आधार तथा कार्यविधिबारे थप गृहकार्य जारी रहेको स्रोतले जनाएको छ।
दरबार हत्याकाण्ड नेपालको इतिहासकै सर्वाधिक चर्चित र रहस्यमय घटनामध्ये एक मानिन्छ। यस विषयमा पुनः अनुसन्धानको सम्भावनाबारे भइरहेको छलफललाई चासोका साथ हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया