Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

एक महिनामा प्याजको मूल्य ३० प्रतिशतले बढ्यो


काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ निरन्तर वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले एक महिना अवधिमा सुकेको प्याजको भाउ ३० प्रतिशले वृद्धि भएको देखाएको हो ।

एक महिना अवधिमा प्याजको भाउ किलोमा औसत १३ रुपैयाँ बढेको छ । एक महिनाअघि २४ जेठमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४३ र औसत ४१ रुपैयाँमा किनबेच भएको थियो ।

आज बुधबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ५३ देखि अधिकतम ५५ र औसत ५४ रुपैयाँमा किनबेच भइरहेको छ । प्याजको भाउ आपूर्तिका आधारमा घटबढ हुन्छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट