काठमाडौं उपत्यकाका यी हुन् ८ राम्रा सामुदायिक विद्यालय
काठमाडौं । काठमाडौं उपत्यकामा सामुदायिक विद्यालयहरूले पछिल्लो समय उल्लेखनीय प्रगति गर्दै गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरिरहेका छन्। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा रहेका केही विद्यालयहरूले निरन्तर उत्कृष्ट नतिजा, नवीन शिक्षण विधि र प्रभावकारी व्यवस्थापनका कारण विशेष पहिचान बनाउन सफल भएका छन्।
त्यस्तै, त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय यस सूचीको अग्रस्थानमा पर्छ। वि.सं. २००३ मा स्थापना भएको यस विद्यालयमा हाल करिब ४ हजार विद्यार्थी अध्ययनरत छन्। निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको विद्यालयले राष्ट्रिय शिक्षा पुरस्कारसमेत जितिसकेको छ। शिक्षकहरूले आफ्नै सन्तानलाई पनि यहीँ अध्ययन गराउनु यसको गुणस्तरको महत्वपूर्ण संकेत मानिन्छ।
त्यसैगरि, बालाजुस्थित तरुण माध्यमिक विद्यालयले ज्ञानोदय मावि पनि काठमाडौँको एक उत्कृष्ट सामुदायिक विद्यालय हो । २०२९ सालमा स्थापना भएको यो विद्यालय २०३६ सालमा माध्यमिक विद्यालयको रूपमा स्वीकृत भएको थियो । निजी विद्यालय छोडेर पनि धेरै अभिभावक तथा विद्यार्थीहरू गुणस्तरीय शिक्षा प्राप्त गर्न यहाँ आउने गर्छन् ।
हाल ४ हजारको हाराहारी विद्यार्थी अध्ययनरत रहेको यो विद्यालय विद्यार्थी संख्या र शैक्षिक गुणस्तर दुवैमा देशकै अब्बल सामुदायिक विद्यालयमध्ये एक मानिन्छ । २०५२ सालको एसएलसी परीक्षामा ९० प्रतिशत उत्तीर्ण दर हासिल गरेपछि विद्यालयको चर्चा व्यापक बनेको थियो । अंग्रेजी माध्यममा अध्ययन, निःशुल्क शिक्षा, प्रविधिमैत्री कक्षा र ‘बुक फ्री फ्राइडे’ जस्ता कार्यक्रमले विद्यालयलाई विशेष बनाएको छ। स्थापनाको १७ वर्षभित्रै यसले राष्ट्रियस्तरमा चार पटक सर्वोत्कृष्ट हुने कीर्तिमान राखेको छ भने एक पटक दोस्रो स्थान प्राप्त गरेको छ ।
त्यस्तै, बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालय पनि उत्कृष्ट नतिजाका लागि परिचित छ। हजारौं विद्यार्थी अध्ययनरत यस विद्यालयले एसएलसीदेखि नै उच्च उत्तीर्ण दर कायम गर्दै आएको छ। यहाँ सञ्चालन गरिएका नविन कार्यक्रमहरूले विद्यार्थीको सीप विकासमा जोड दिएका छन्।
त्यस्तै, ललितपुरको पुल्चोकस्थित त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय पुराना र प्रतिष्ठित विद्यालयमध्ये एक हो। व्यवस्थापन र शिक्षा संकायका साथै प्राविधिक शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्दै आएको यस विद्यालयले पछिल्ला वर्षहरूमा शतप्रतिशत नतिजा निकाल्दै उदाहरण प्रस्तुत गरेको छ।
त्यसैगरि, भक्तपुरको तेखापुखुस्थित मेधा माध्यमिक विद्यालयले सामुदायिक शिक्षाको क्षेत्रमा उत्कृष्ट नमुनाको रूपमा चिनिने विद्यालय हो । २०८० सालको एसईई परीक्षामा भक्तपुरका १५ वटा सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट नतिजा निकाल्दै शतप्रतिशत नजिता हासिल गरेको यस विद्यालयले ११५ जना परीक्षार्थीमध्ये कसैलाई पनि पूरक परीक्षा दिनुपरेन ।
२००४ सालमा शान्ति भक्त विद्यालयको रूपमा स्थापना भएको यो विद्यालय ०७१ सालमा ‘मेधा माध्यमिक विद्यालय’ नामकरण भएको हो । स्वर्गीय गंगाधर हाडा र विष्णुभक्त बुजुको अथक प्रयास र मेहनतले शून्य नतिजाबाट शतप्रतिशत नतिजासम्मको यात्रा पूरा गरेको यस विद्यालयले लगभग दुई दशकदेखि निरन्तर राम्रो नतिजा दिँदै आएको छ । हाल यस विद्यालयमा करिब ८०० विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै, रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय, यो विद्यालय दरबार हाई स्कुलका नामले परिचित छ । दरबार हाइ स्कुल नेपालको पहिलो औपचारिक विद्यालय हो । वि.सं. १९१० सालमा स्थापना भएको यो विद्यालय नेपालकै पहिलो अंग्रेजी भाषामा पढाइ हुने विद्यालयका रूपमा थापाथलीस्थित दरबार हाल राष्ट्र बैंक रहेको स्थानमा सुरु भएको थियो । सुरुमा शासक परिवारका सन्तानका लागि मात्र सीमित यो विद्यालयलाई वि.सं. १९४२ सालदेखि आम नागरिकका लागि पनि खुला गरिएको थियो । वि.सं. १९४८ सालमा वीरशमशेरले रानीपोखरी नजिकै भवन निर्माण गरेपछि विद्यालयले आफ्नै स्थायी भवन पाएको थियो ।
१२ वैशाख २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको भवनलाई चीन सरकारको सहयोगमा वि.सं. २०७६ सालमा पुनर्निर्माण सम्पन्न गरियो । हाल एउटै कक्षामा तीन वटासम्म सेक्सन सञ्चालन गरिरहेको यस विद्यालयले आधुनिक शिक्षण प्रणालीलाई अँगालेको छ । ऐतिहासिक महत्व बोकेको यस विद्यालयले पुनर्निर्माणपछि आधुनिक प्रविधिमार्फत शिक्षण प्रणालीलाई थप सुदृढ बनाएको छ।
त्यसैगरि, कुमारीगालस्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालयले काठमाडौं महानगरपालिका–७ कुमारीगालस्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालय साँघुरो भौतिक पूर्वाधारका बाबजुद पनि उत्कृष्ट शैक्षिक नतिजा दिन सफल सामुदायिक विद्यालय हो । जम्मा एक रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालयमा १३ वटा कक्षाकोठा छन् र विद्यार्थीको चाप अत्यधिक भएकाले बिहान र दिउँसो गरी दुई शत्रमा कक्षा सञ्चालन गर्नुपरेको छ । हाल यस विद्यालयमा ८०० को हाराहारी विद्यार्थी अध्ययनरत छन्।
२०५५ सालदेखि प्रधानाध्यापक नारायण प्रसाद नेपालको नेतृत्वमा आएपछि विद्यालयले उल्लेखनीय प्रगति गरेको हो । उनले २०५८ सालदेखि चाडपर्वबाहेक शनिबार पनि अंग्रेजी, गणित र विज्ञान विषयको कक्षा सञ्चालन गर्ने नीति लागू गरे, जसले एसईई नतिजामा ठूलो सुधार ल्यायो ।
त्यसयता विद्यालयले २०७८, २०७९ र २०८० सालमा काठमाडौं जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ र काठमाडौं महानगरपालिकाबाट बारम्बार उत्कृष्ट सामुदायिक विद्यालयको सम्मान प्राप्त गर्दै आएको छ ।
सीमित भौतिक संरचनाका बीच पनि उत्कृष्ट नतिजा निकाल्दै उदाहरणीय काम गरेको छ। अतिरिक्त कक्षा, प्रविधिमैत्री शिक्षण र शिक्षकहरूको सक्रियताले विद्यालयको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ।
त्यस्तै, बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय सन् १९५६ मा खुला मैदानमा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो । नेपाल सरकारले सन् १९७३ मा यसलाई औपचारिक प्राथमिक विद्यालयको मान्यता दिएको थियो । सन् १९९५ मा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको यो विद्यालय सन् २००० मा माध्यमिक तहमा र पछि उच्च माध्यमिक तह (१०+२) सम्म स्तरोन्नति भयो ।
यी विद्यालयहरूले सामुदायिक शिक्षा प्रणाली पनि सक्षम र प्रभावकारी हुन सक्छ भन्ने स्पष्ट सन्देश दिएका छन्। निजी विद्यालयसँग प्रतिस्पर्धा गर्दै उत्कृष्ट नतिजा दिनुका साथै विद्यार्थीको समग्र विकासमा जोड दिनु यिनको साझा विशेषता बनेको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया