Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

काभ्रेको विभिन्न स्थानमा वर्षा सुरु भएसँगै बन्द भयो बीपी राजमार्ग


काठमाडौं । काठमाडौंलाई पुर्वी तराई र पहाडसँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग पुनः बन्द भएको छ । लगातारको वर्षाका कारण निरन्तर अवरुद्ध हुँदै खुल्दै आएको बीपी रामार्ग सोमबार बिहान रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको डाइभर्सन बगाएपपछि अपरुद्ध भएको थियो । सोमबार बिहान बगाएको डाभर्सन निर्माण गरी सञ्चालनमा आएकोमा अपराह्न वर्षा सुरु भएसँगै पुनः बन्द भएको हो ।

प्रतिकूल मौसम र निरन्तरको अत्याधिक वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाइएको छ। काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा परेको ठूलो पानीले सडकमा जोखिम निम्त्याउन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले आइतबार दिउँसो ४ः१५ बजेदेखि लागू हुने गरी सडक बन्द गर्ने निर्णय गरेको हो ।

अहिले राजमार्गका विभिन्न खण्डमा बाढी र पहिरोको जोखिम बढेको छ । मौसममा सुधार आएपछि र सडक मार्गमा कुनै अवरोध नभएको सुनिश्चित भएपछि मात्रै यातायात सूचारु गरिने प्रहरीले जनाएको छ । सडक सूचारु भएको जानकारी जिल्ला प्रहरी कार्यालयले अर्को सूचनामार्फत दिने बताइएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट