Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय


काठमाडौं । आजको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन् ।

सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) बाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।

यस्तै बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ।

यस्ता छन् निर्णयहरू :

१. युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम (UNEP) बाट ओजन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।

२. सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई (AIG) पदमा बढुवा गर्ने।

३. २०८० साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिनले थप गर्ने ।

४. भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला (कास्की) तथा सदस्य पदमा अमीरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मनीति सोती (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौं) लाई नियुक्ति गर्ने।

 

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट