Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

वीरगन्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात


वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड रुपैयाँ मूल्यको खाद्यान्न आयात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा ३ अर्ब ८७ करोड रुपैयाँ अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।

गत आवको १० महिनामा यहाँबाट २४ अर्ब ६६ करोड रुपैयाँ मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो ।

चालु आवमा १० अर्ब ९४ करोड रुपैयाँ मूल्य पर्ने धान, ५ अर्ब ३१ करोड रुपैयाँ मूल्यको मकै आयात र २ अर्ब ८५ करोडको चामल आयात भएको छ । यसैगरी रु ५९ करोड मूल्यको माल्ट र रु ३३ करोड मूल्य बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट