Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

रवि लामिछानेद्वारा भाजपा अध्यक्ष नितिन नवीनलाई नेपाली सांस्कृतिक तथा धार्मिक उपहार प्रदान


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भारतको भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनलाई नेपाली धार्मिक तथा सांस्कृतिक महत्वका एक दर्जनभन्दा बढी उपहार प्रदान गरेका छन्।

लामिछानेले नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई झल्काउने अष्टचिरञ्जीवी सूची, पशुपतिनाथ मन्दिरको चित्र, कालमन्तक चित्र, चन्दन तथा रुद्राक्षको माला लगायतका उपहार हस्तान्तरण गरेका हुन्।

उक्त उपहारहरूले नेपाल र भारतबीचको साझा सभ्यता, धार्मिक आस्था तथा सांस्कृतिक निकटतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। भेटघाटका क्रममा दुई देशका जनताबीच रहेको परम्परागत सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा आपसी सहकार्यका विविध विषयमा पनि छलफल भएको बताइएको छ।

राजनीतिक भेटवार्तासँगै सांस्कृतिक कूटनीतिलाई प्राथमिकता दिँदै प्रदान गरिएका यी उपहारलाई नेपाल–भारत सम्बन्धको सौहार्दपूर्ण प्रतीकका रूपमा हेरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट