Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

रास्वपा बागमती प्रदेश सभापतिमा बदन कुमार भण्डारीको उम्मेदवारी घोषणा


हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापति पदका लागि बदन कुमार भण्डारीले उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै भण्डारीले युवा नेतृत्वको सशक्त भूमिका, महिला सहभागिता र समावेशी प्रतिनिधित्वलाई आफ्नो प्रमुख प्रतिबद्धता बनाएको बताएका छन्। उनले पार्टीको संगठनात्मक संरचनालाई थप मजबुत, प्रभावकारी र गतिशील बनाउँदै बागमती प्रदेशमा रास्वपाको उपस्थितिलाई अझ सशक्त बनाउने दाबी गरेका छन्।

भण्डारीले पार्टीको मूल सिद्धान्त, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, युवाहरूलाई नेतृत्व तहमा अवसर प्रदान गर्दै महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्।

हेटौँडामा जारी रास्वपा बागमती प्रदेशको पहिलो अधिवेशनमा प्रदेश नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेका छन्। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ प्रदेश नेतृत्व चयन गर्नेछ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट