Techie IT
KTM Post
आईतबार, ३१ जेठ, २०८३

इजाजतपत्र नवीकरणका लागि म्यानपावर व्यवसायीले असारभित्र आवेदन दिनुपर्ने


काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई इजाजतपत्र नवीकरणका लागि चालु असार महिनाभित्रै आवेदन दिन आग्रह गरेको छ।

विभागले सूचना जारी गर्दै असार १ गतेदेखि मसान्तसम्म वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत आवश्यक कागजात अपलोड गरी नवीकरणका लागि आवेदन दिनुपर्ने जनाएको हो।

नवीकरण प्रक्रियाका क्रममा अघिल्लो आर्थिक वर्षको वैदेशिक रोजगारसम्बन्धी विस्तृत विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यसअन्तर्गत पूर्व स्वीकृति लिएका कामदारको संख्या, अन्तिम स्वीकृति प्राप्त संख्या, विदेश पठाइएका कामदारको संख्या, अन्तिम श्रम स्वीकृति लिएर पनि उडान बाँकी रहेका कामदारको संख्या तथा विदेशमा रहेका कामदारको अवस्थासम्बन्धी विवरण समावेश गर्नुपर्ने विभागले जनाएको छ।

त्यसैगरी, २०८३ असार मसान्तसम्म नवीकरण गरिएको इजाजतपत्रको प्रतिलिपि, बैंक ग्यारेन्टी, धरौटी रसिदलगायतका कागजात पनि पेश गर्नुपर्नेछ। संस्थाको हालको कार्यालय रहेको स्थानको गुगल प्लस कोडसहित अद्यावधिक गुगल म्याप, कर्मचारीहरूको विवरण तथा शाखा कार्यालयसम्बन्धी जानकारी समेत समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

विभागका अनुसार फेमिस प्रणालीमा नवीकरणको आवेदन दर्ता गर्नुअघि संस्थाको फोन नम्बर, मोबाइल नम्बर, वेबसाइट, इमेललगायत सम्पूर्ण विवरण अद्यावधिक गर्नुपर्नेछ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट