१२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १२ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया