७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ७ हजार २ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ७ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय ६५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ६ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया