घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया