सुन तोलामा १६ सयले बढ्यो, कति पुग्यो मूल्य?
काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। शुक्रबार तोलामा पाँच हजार आठ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्य पनि ६० रुपैयाँले बढ्यो
आइतबार सुनसँगै चाँदीको मूल्यमा पनि सुधार आएको छ। अघिल्लो दिनको तुलनामा तोलामा ६० रुपैयाँले बढेर आज चाँदी प्रतितोला चार हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया