KTM Post Logo
KTM Post Logo

२८ वर्षमा यती एअरलाइन्सले दियो ९ लाख यात्रुलाई सेवा

📰
KTM Post

यती एअरलाइन्सले व्यावसायिक उडान सुरु गरेको २८ वर्ष पूरा गरेको छ । कम्पनीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई हवाई सेवा दिएको जनाएको छ ।

सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको यतीले २८ वर्षको यात्रामा सेवा विस्तारसँगै यात्रुको विश्वास, उड्डयन सुरक्षा र यात्रु अनुभवलाई व्यवसायको प्रमुख आधार बनाउँदै आएको जनाएको छ ।

पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिनुलाई कम्पनीले नेपाली यात्रुमाझ कायम रहेको विश्वासको महत्वपूर्ण सूचकका रूपमा लिएको छ । बदलिँदो बजार, बढ्दो प्रतिस्पर्धा र यात्रुको अपेक्षालाई ध्यानमा राख्दै सेवा गुणस्तर र सञ्चालन दक्षतामा निरन्तर सुधार गर्दै आएको कम्पनीको भनाइ छ ।

नेपालको आन्तरिक हवाई सेवा सञ्चालन लागत, विमानस्थल पूर्वाधार, मौसमजन्य अवरोध तथा सडक यातायातसँगको प्रतिस्पर्धालगायत चुनौतीबाट प्रभावित हुँदै आएको छ । यस्तो अवस्थामा एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिनु महत्वपूर्ण व्यावसायिक उपलब्धि भएको कम्पनीले जनाएको छ ।

कम्पनीले यात्रु संख्या मात्रै व्यवसायको सफलता मापन गर्ने आधार नभएको उल्लेख गर्दै यात्रु अनुभव, सेवा विश्वसनीयता, सञ्चालन दक्षता र दीर्घकालीन ग्राहक सम्बन्धलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।

टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्मका प्रक्रियालाई सहज बनाउने तथा यात्रुका सुझाव र प्रतिक्रियाका आधारमा सेवा सुधार गर्दै आएको यतीले जनाएको छ । डिजिटल माध्यम र ग्राहक सम्पर्क प्रणालीलाई थप प्रभावकारी बनाउनेतर्फ पनि कम्पनी केन्द्रित रहेको छ ।

यतीले उड्डयन सुरक्षालाई व्यवसायको मुख्य आधारका रूपमा लिँदै सञ्चालन प्रक्रिया, नियमित प्राविधिक निगरानी, चालक दल तथा प्राविधिक जनशक्तिको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधार गर्दै आएको जनाएको छ ।

नेपालको भौगोलिक अवस्थाका कारण हवाई यातायात पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा तथा आन्तरिक आवागमनको महत्वपूर्ण माध्यम रहेको कम्पनीको भनाइ छ । प्रमुख शहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत जोड्दै आएको यतीले हवाई सेवाको पहुँचले पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुर्‍याउने जनाएको छ ।

२८औँ वार्षिकोत्सवलाई आगामी यात्राको दिशा तय गर्ने अवसरका रूपमा लिँदै कम्पनीले यात्रुको मागअनुसार सेवा सुधार, सञ्चालन दक्षता वृद्धि, डिजिटल प्रविधिको प्रयोग र ग्राहक अनुभवलाई थप सहज बनाउने विषयलाई आगामी प्राथमिकतामा राखेको जनाएको छ ।

२८ वर्षको अनुभव र लाखौँ यात्रुको विश्वासलाई आधार बनाउँदै सुरक्षित, भरपर्दो, सहज र यात्रुमैत्री हवाई सेवा प्रदान गर्ने प्रतिबद्धता यती एअरलाइन्सले दोहोर्‍याएको छ ।

सम्बन्धित समाचार

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला 1

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला

दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो 1

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 1

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा...

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार 1

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर...