प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा १५ अर्बभन्दा बढी मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल ११ अर्ब २७ करोड दुई लाख ६० हजार ६८५ तथा हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ४८ लाख चार हजार ७०२ अमेरिकी डलर मौज्दात छ ।
सबै खातामा गरी १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ मौज्दात छ । सरकारले यो कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।
सम्बन्धित समाचार
दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला
दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...
बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी साता हुने भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रदेशको आन्तरिक मामिला,...
पिकेका आंशिक शिक्षकले सात महिनादेखि पाएनन् तलब
काठमाडौंको बागबजारस्थित पद्मकन्या कलेजका आंशिक शिक्षकहरूले सात महिनादेखि पारिश्रमिक पाएका छैनन्। सात महिनादेखि पारिश्रमिक नपाउँदा परिवार चलाउनै...
मानव तस्करमाथि अनुसन्धान कमजोर
भिजिट भिसा दुरुपयोग गरी कामका लागि विदेश जाने प्रवृत्ति रोक्न सरकारैपिच्छे मापदण्ड बने पनि बेथिति रोकिएको छैन। सरकारैपिच्छेका मापदण्डले न नागरिकले...




