KTM Post Logo
KTM Post Logo

अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

📰
KTM Post

काठमाडौं। भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। नयाँ दिल्लीमा भएको भेटमा नेपाल–भारत सम्बन्ध तथा आर्थिक, ऊर्जा र सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको छ।

भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री वाग्लेसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन्।

उनले हालै नेपालमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

जयशंकरले नेपालसँगको समग्र सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताएका छन्। विशेषगरी आर्थिक, ऊर्जा तथा सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको उनले उल्लेख गरेका छन्।

अर्थमन्त्री वाग्ले भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा छन्। भ्रमणका क्रममा उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग पनि भेटवार्ता गरी बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा तथा सम्पर्क सञ्जालका विषयमा छलफल गरेका थिए।

सम्बन्धित समाचार

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला 1

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला

दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो 1

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 1

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा...

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार 1

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर...