डाटा हबमा ‘साइबर अट्याक’: सोमबार सेयर कारोबार ठप्प
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को डाटा हबमा साइबर आक्रमण भएपछि सोमबारको सेयर कारोबार प्रभावित हुने भएको छ। डाटा हबमा ह्याकरले आक्रमण गरेपछि नेप्सेले आजको कारोबार रोक्ने तयारी गरेको छ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंका अनुसार आइतबारदेखि देखिएको साइबर समस्याका कारण ७२ वटा ब्रोकर कम्पनीहरूको ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको छ।
आफ्नै टीएमएस रहेका १२ वटा ब्रोकर कम्पनीहरूको प्रणाली भने सञ्चालनमा रहे पनि अधिकांश ब्रोकरको सेवा अवरुद्ध भएकाले अपरिहार्य परिस्थितिका कारण कारोबार स्थगित गर्नुपरेको हो।
उक्त डाटा हबमा नेप्सेसहित करिब १७ देखि १८ वटा अन्य सरकारी निकायका महत्त्वपूर्ण तथ्याङ्क तथा रेकर्डहरूसमेत रहेको बताइएको छ। प्रणालीलाई सुरक्षित बनाउन र समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको छ।
सम्बन्धित समाचार
दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला
दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा...
डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर...




