KTM Post Logo
KTM Post Logo

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार

📰
KTM Post

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।

नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको प्राविधिक समस्या समाधान भएपछि कारोबार नियमित रूपमा सञ्चालन गर्न लागिएको नेप्सेले जनाएको छ।

डेटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएपछि नेप्सेले असोज ५ गते सोमबारका लागि तय भएको नियमित सेयर कारोबार स्थगित गरेको थियो। डेटा सेन्टरको समस्या यथावत् रहेको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने जोखिम देखिएपछि कारोबार रोक्ने निर्णय गरिएको थियो।

यसअघि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले डेटा सेन्टरमा देखिएको समस्या समाधान नभएसम्म नियमित कारोबार सञ्चालन नगर्न नेप्सेसमक्ष आग्रह गरेको थियो। उक्त निवेदनपछि नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो।

नेप्सेका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेको जानकारी प्राप्त भएपछि आजदेखि नियमित सेयर कारोबार सञ्चालन गर्न लागिएको हो।

एक दिन कारोबार स्थगित भएपछि समस्या समाधान भएकाले अब नेप्सेको कारोबार प्रणाली नियमित रूपमा सञ्चालन हुने भएको छ।

सम्बन्धित समाचार

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला 1

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला

दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो 1

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 1

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा...

सुनको मूल्यमा गिरावट, सुन प्रतितोला १ हजार ७०० ले घट्यो 1

सुनको मूल्यमा गिरावट, सुन प्रतितोला १ हजार ७०० ले घट्यो

काठमाडाैं। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको...