KTM Post Logo
KTM Post Logo

करदाता लट्रीबाट ३३ जना पुरस्कृत, दुई जनालाई १०-१० लाख

📰
KTM Post

कठमाडौं।  सरकारले भदौ महिनाभर सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिजक (बिल) लिने करदाताहरूलाई प्रोत्साहन गर्न सञ्चालन गरेको लट्री प्रणालीमार्फत ३३ जनालाई पुरस्कारका लागि छनोट गरेको छ।

छनोटमा परेकामध्ये दुई जना भाग्यशाली उपभोक्ताले प्रतिव्यक्ति १० लाख रूपैयाँ र अन्य ३१ जनाले प्रतिव्यक्ति १ लाख रूपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन्।

आन्तरिक राजस्व विभागले उपभोक्तालाई खरिदका क्रममा अनिवार्य रूपमा बिल माग्ने बानीको विकास गराउन यस्तो लट्री कार्यक्रम चलाउँदै आएको छ।

सामान्यतया हरेक १५ दिनमा लट्री गरिने भए पनि गत भदौ १० गते रसुवामा गएको बाढीका कारण नियमित प्रक्रिया प्रभावित भएपछि भदौ महिनाको एकैपटक लट्री निकालिएको हो।

विभागका अनुसार १० लाख रूपैयाँ पुरस्कारका लागि ०४८ ९१५ ६१८ २११ र ०३६ ४४७ ८५२ ३७८ नम्बरका बिजकहरू छनोट भएका छन्

। त्यसैगरी, १ लाख रूपैयाँ पुरस्कारका लागि ०३२४५४२६९२७५,

०३८३२८०९१४४४,

०३७५७८६२६७४०,

०३३१४४१६५६६६,

०३६८२५६१९९४४,

०४४७४५४८९४८८,

०४२६१८४७७६२०,

०३९७०५९४२९५९,

०३५९०७३३५९६०,

०४६०९२१८८९६२,

०३४६३६८८५८९७,

०४०००९४६२६३४,

०४१३६५६६१५३०,

०४३७४६६३३०४२, ०

४५६७१४९९५२५,

०४७७५१६२९१२०,

०५३७७७६३४२२६,

०५६४७१६८६००३,

०६०१०८६९५५०७,

०५८५०३९७६७१९,

०४९५२३२१४६७४,

०५४६०९००४४७७,

०५७०५२८७४९४३,

०५०१९४५४२४०६,

०५२२४८४४५०५८,

०५१५८५६५४६३५,

०४८०९८५५७३७३,

०५९८८२०८१५७, ०५५६१८८७७१६७,

०६१७०९२०७४९९,

०६२९१९१९५४५६ नम्बरका बिजकहरू छनोटमा परेका छन्।

विभागका निमित्त महानिर्देशक जनक पौडेलका अनुसार यो कार्यक्रमले उपभोक्तामा बिजक माग्ने प्रवृत्ति बढाउन ठूलो सहयोग पुर्‍याएको छ।

उपभोक्ताले सामान वा सेवा खरिद गर्दा बिजक माग्दा व्यवसायीको वास्तविक कारोबार आधिकारिक रूपमा प्रणालीमा दर्ता हुन्छ, जसले कर छली नियन्त्रण गर्न र करको दायरा विस्तार गर्न मद्दत पुर्‍याउँछ।

विभागले बिजक दिन अटेर गर्ने व्यवसायीलाई सचेत गराउँदै अनुगमन र सचेतनामूलक अभियानलाई निरन्तरता दिएको छ।

सम्बन्धित समाचार

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला 1

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला

दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो 1

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 1

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा...

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार 1

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर...