नेपाल टेलिकमद्वारा ५ प्रदेशका ११ जिल्लामा १३ नयाँ २जी-४जी टावर सञ्चालन
काठमाडाैं। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले २०८३ सालको भाद्र महिनामा देशका विभिन्न १३ स्थानमा नयाँ २जी तथा ४जी मोबाइल साइट (टावर) सञ्चालनमा ल्याएको छ।
दूरसञ्चार सेवाको पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ ५ वटा प्रदेशका ११ जिल्ला समेटिने गरी यी टावरहरू सञ्चालनमा ल्याइएको हो।
टेलिकमका अनुसार बागमती प्रदेशको ललितपुरस्थित वडा नं. ३ कार्यालय र च्याउँ डाँडा तथा चितवनको मोहनपुरमा नयाँ टावर सञ्चालनमा आएका छन्। त्यसैगरी गण्डकी प्रदेशको नवलपुरस्थित पोखरी डाँडा र लमजुङको मध्यमर्स्याङ्दीमा सेवा विस्तार गरिएको छ।
लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सी माइन क्षेत्रमा पनि नयाँ साइट स्थापना गरी सेवा सुचारु गरिएको छ।
कर्णाली प्रदेशका जुम्लास्थित कनकासुन्दरी र सुर्खेतको जुम्ला रोडमा नयाँ टावर सञ्चालनमा आएका छन् भने सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडीमालिका, डडेलधुराको गाङखेत र दार्चुलाको रिठाचौपातामा पनि नयाँ २जी तथा ४जी सेवा विस्तार गरिएको छ।
यी नयाँ मोबाइल साइटहरू सञ्चालनमा आएसँगै सम्बन्धित ग्रामीण तथा सहरी क्षेत्रका ग्राहकहरूले नेपाल टेलिकमको भोइस तथा हाई-स्पिड डेटा सेवा थप सहज र प्रभावकारी रूपमा उपभोग गर्न पाउने भएका छन्।
सम्बन्धित समाचार
दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला
दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा...
डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर...




