KTM Post Logo
KTM Post Logo

रसुवाको बाढीपछि त्रिशूलीस्थित कृषि विकास बैंकको सेवा नुवाकोटबाट सञ्चालन

📰
KTM Post

नुवाकोट । रसुवामा आएको विनाशकारी बाढीका कारण त्रिशूलीस्थित कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालयमा क्षति पुगेपछि बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवा सहज रूपमा उपलब्ध गराउन नुवाकोटको बट्टारबाट अस्थायी रूपमा सम्पूर्ण बैंकिङ कारोबार सञ्चालनमा ल्याएको छ।

केही समयअघि रसुवा, नुवाकोट तथा धादिङ क्षेत्रमा आएको बाढी तथा लेदोसहितको भेलले त्रिशूली शाखाको भौतिक संरचना, बैंकिङ उपकरण तथा सञ्चार प्रणालीमा उल्लेख्य क्षति पुर्‍याएको थियो। बाढीबाट शाखाको पूर्वाधारमा क्षति भएपछि नियमित स्थानबाट बैंकिङ सेवा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको थियो।

ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले बट्टारमा अस्थायी कार्यालय स्थापना गरी नियमित बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। हाल उक्त कार्यालयबाट निक्षेप संकलन, नगद भुक्तानी, रेमिट्यान्सलगायत आवश्यक बैंकिङ सेवाहरू निरन्तर उपलब्ध भइरहेका छन्।

बैंक व्यवस्थापनका अनुसार त्रिशूली शाखाका लागि उपयुक्त स्थान छनोट तथा आवश्यक तयारीको काम तीव्र गतिमा अघि बढाइएको छ। छिट्टै नयाँ तथा उपयुक्त स्थानबाट शाखाको सेवा स्थायी रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बैंकले जनाएको छ।

शाखा कार्यालय स्थानान्तरणका कारण ग्राहक तथा सरोकारवालालाई पर्न गएको असुविधाप्रति बैंकले संवेदनशीलता व्यक्त गर्दै विषम परिस्थितिमा ग्राहकबाट प्राप्त निरन्तर सहयोग र विश्वासप्रति आभार व्यक्त गरेको छ।

सम्बन्धित समाचार

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला 1

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला

दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो 1

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 1

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा...

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार 1

डेटा सेन्टरको समस्या समाधानपछि आजदेखि नियमित सञ्चालन हुँदै नेप्सेको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ।नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर...